काठमाडौँ – नेपाली दूतावास स्थापनाका लागि पोर्चुगलमा रहेका नेपालीहरुले सरकारसँग आग्रह गरेका छन् ।
बुधबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर पोर्चुगलमा रहेका नेपालीहरुको एक प्रतिनिधिमण्डलले दूतावास स्थापनाका लागि पहल गर्न आग्रह गरेको हो ।
पोर्चुगल निवासी गंगा बहादुर नेम्कुलको नेतृत्वमा देउवा भेट्न पुगेको टोलीले दूतावास नहुँदा नेपालीहरुले विभिन्न सास्ती भोग्नुपरेको भन्दै अपील पत्र हस्तान्तरण गरेको थियो । अपील पत्र ग्रहण गर्दै प्रधानमन्त्रीले यसबारे आफूले बुझेर आवश्यक पहल गर्ने आश्वासन दिएको बताइएको छ ।
तपाइँको प्रतिक्रीया