२०८२ असार ८ आइतबार

राशिफल

अवस्था हेरी विद्यालय सञ्चालनका बारेमा स्थानीय तहले निर्णय गर्न सक्ने

काठमाडौँ – कोरोना भाइरस सङ्क्रमणको अवस्था हेरी विद्यालय सञ्चालनका बारेमा स्थानीय तहले निर्णय गर्न सक्ने सरकारले जनाएको छ ।

स्मार्ट लकडाउनको अवधारणाअनुसार कोरोना सङ्क्रमणको अवस्था हेरी विद्यालय भौतिक रूपमा सञ्चालन गर्ने वा हालका लागि बन्द गर्ने भन्ने अन्तिम निर्णय स्थानीय तहले नै गर्ने शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए।

जिल्लाको कोभिड सङ्कट व्यवस्थापन समितिले यो अधिकार स्थानीय तहलाई दिइसकेको छ । यो अवस्थामा कोभिडको अवस्था हेरी पूर्ण रूपमा भौतिक उपस्थितिमै विद्यालय सञ्चालन गर्न सकिन्छ । कोरोनाको प्रभाव कायमै रहेको अवस्थामा आंशिक रूपमा सञ्चालन गर्ने वा पूर्ण रूपमा बन्द गर्न सकिने जनाइएको छ । गोरखापत्र दैनिकमा खबर छ ।

स्थानीय तहले आफ्नो परिस्थितिअनुसार विद्यालय सञ्चालनको निर्णय गर्ने भएकाले यसमा एकरूपता नहुने उनको भनाइ छ । कोरोनाको स्थानीय प्रभाव हेरेर स्थानीय तहले विद्यालय सञ्चालनका बारेमा विभिन्न खालका निर्णय गरेका छन् ।