२०८२ असार १२ बिहीबार

राशिफल

अखिल क्रान्तिकारी धनकुटाको अध्यक्षमा लिम्बु

धनकुटा – नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी धनकुटाको अध्यक्षमा सीताराम लिम्बु चयन भएका छन् ।

बुधबार राति सकिएको आठौँ जिल्ला सम्मेलनले उपाध्यक्षमा नवीन पौडेल र सुस्मिता राई, सचिवमा साजन राई, सहसचिवमा सुनिल थापा र सरू शिवा तथा कोषाध्यक्षमा शुभेक्षा लिम्बुलाई चयन गरेको हो ।

पदम रखालमगर केन्द्रीय कमिटी तथा रोशन खड्का र सञ्जीव लिम्बुलाई प्रदेश कमिटीमा सिफारिस गरिएको अखिल क्रान्तिकारी प्रदेश १ सहसंयोजक इन्द्र विष्टले जानकारी दिए ।