२०८२ असार ८ आइतबार

राशिफल

पाँच केजी चाँदीसहित दुई जना पक्राउ

काठमाडौँ – पाँच केजी चाँदीसहित सिरहामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

भारतको मधुवनी जिल्ला खुटोनाका रवी महतो र पिन्टु महतो सिरहाको ठाडी नाकाबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता सुवास बुढाथोकीले जानकारी दिए ।

पक्राउ परेका दुबै जना इलाका प्रहरी कार्यालय लहानको नियन्त्रणमा छन् । प्रहरी स्रोतका अनुसार उनीहरू लहानका सुनचाँदी व्यावसायीबाट चाँदी किनेर तस्करी गर्न लागेका थिए ।