२०८२ असार ८ आइतबार

राशिफल

लागूऔषध चरेशसहित एक जना पक्राउ

काठमाडौँ – पाँच किलो अवैध लागूऔषध चरेशसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार धुनिवेशी नगरपालिका ६ नौविसेबाट करिब ५ किलो अवैध लागूऔषध चरेशसहित सिरहा सुखिपुर नगरपालिका २ बस्ने १९ वर्षीय अर्जुन यादवलाई पक्राउ गरेको हो ।

प्रहरीले जाँच गर्ने क्रममा उनको साथमा १० वटा प्याकेटमा रहेको उक्त परिमाणको चरेशसहित उनलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।