२०८२ असार ८ आइतबार

राशिफल

३८ लाख रुपैयाँसहित दुई जना हुन्डी कारोबारी पक्राउ

काठमाडौँ – साढे ३८ लाख रुपैयाँसहित पर्सा प्रहरीले दुई जना हुन्डी कारोबारीलाई पक्राउ गरेको छ ।

प्रकाउ पर्नेमा वीरगन्ज महानगरपालिका – ६ माइस्थान चोकमा सञ्चालित केपी ज्वेलर्सका सञ्चालक कन्हैयाप्रसाद सोनार र सोही ज्वेलर्समा कार्यरत दीपककुमार सर्राफ रहेका छन् । प्रहरीले उक्त ज्वेलर्समा बुधबार छापा हानेको थियो ।

उनीहरूको साथबाट स्रोत नखुलेको ३८ लाख ५१ हजार रुपैयाँ बरामद भएको प्रहरीले बिहीबार जानकारी दिएको छ ।ज्वेलर्सबाट मुद्राको अवैैध कारोबार भइरहेको सूचनाका आधारमा छापा मारिएको एसपी पाण्डेले बताए ।