२०८२ जेठ १९ आइतबार

राशिफल

श्री खत्रीको प्रयोगात्मक भिडियो ‘जादैछु’ सार्वजनिक

काठमाडौँ – गायक तथा संगीतकार श्री खत्रीको प्रयोगात्मक भिडियो सार्वजनिक गरेका छन्। ‘जादैछु’ बोलको उक्त भिडियो अन्तरास्ट्रिय बाल दिवसको अवसर पारेर सार्वजनिक गरिएको हो। सार्वजनिक एनिमेटेड भिडियोले बाल श्रम र सडक बाल बालिकाको कथा बोल्छ ।

भिडियोमा प्रतिक बास्तोला र सुगम थापाले गिटारको काम सम्हालेका छन् भने सार्वजनिक गीतमा विप्लब प्रतिकको शब्द रचना रहेको छ। एनिमेसन भिडियो The One who Animates (बिबिन मानन्धर) ले तयार पारेका हुन्। लिफर्स म्युजिक ब्याण्डको गीत आफ्नै अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।