२०८२ जेठ २६ आइतबार

राशिफल

आजबाट कार्तिक २६ सम्म आईएमईको ‘डबलको डबल’ अफर

काठमाडौँ – असोज १ देखि कार्तिक २६ सम्म आईएमईले दसैँ लक्षित गर्दै ‘डबलको डबल’ अफर सार्वजनिक गरेको छ ।

अफर अनुसार विदेशबाट पठाइएको रकम आईएमईका ३५ हजारभन्दा बढी एजेन्टहरू वा आइएमई पे मोबाइल वालेटमा प्राप्त गर्दा वा बैंक ट्रान्सफर गर्दा हरेक हप्ता दुईजनालाई पठाएको रकमको डबल (दुई गुणा), हरेक महिना दुईजना सेवाग्राहीलाई पठाएको रकमको डबलको डबल (चौगुणा) तथा बम्परमा एक (१) जना भाग्यशाली सेवाग्राहीलाई पठाएको रकमको डबलको डबलको डबल (आठगुणा) सम्म रकम पुरस्कार स्वरूप प्रदान गरिने आईएमईले जनाएको छ । साथै आईएमई पेमा रकम प्राप्त गर्दा थप २ सय बोनस दिइने व्यवस्था छ ।

५७ दिनका उक्त योजना अफर अवधिमा भाग्यशाली विजेता छनौटका लागि कम्पनीले निश्चित सेवा र शर्तहरू निर्धारण गरेको छ । भाग्यशाली विजेताको छनौट प्रविधिमा आधारित ‘लक्की ड्र’ मार्फत गरिने कम्पनीले जनाएको छ । आईएमईका संस्थापक, कर्मचारी, साझेदार (एजेन्ट पार्टनर) तथा आईएमई सम्बद्ध कुनै पनि व्यक्ति यो योजनामा सहभागी हुन पाउने छैनन् ।

आईएमईका ब्राण्ड एम्बासडरद्वय दीपकराज गिरी र दीपाश्री निरौलाले कोरोना महामारी बेलाको भरोसा कोष सम्झिँदै आईएमईले व्यवसायका अतिरिक्त सामाजिक क्षेत्रमा योगदान पुर्‍याउँदै आएको बताए ।