२०८२ असार ८ आइतबार

राशिफल

३९ जिल्लामा ८१ वटा सुपथ मूल्य पसल, यी खाद्य सामग्रीमा २० प्रतिशत सस्तो पाइने

काठमाडौँ – आजदेखि दसैं, तिहार, छट जस्ता ठूला पर्वलाई लक्षित गरी ३९ जिल्लामा ८१ वटा सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको छ । उक्त पसलमा तेल, दाल, चामललगायत खाद्य सामग्री २० प्रतिशतसम्म सस्तोमा पाइनेछ ।

सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ४३ स्थान र साल्ट ट्रेडिङ कर्पोरेशनले ३८ स्थानबाट सुपथ मूल्य पसल सञ्चालन गरेको हो । त्यस्तै दुग्ध विकास संस्थान (डीडीसी)ले पनि बिक्री केन्द्रमा सुपथ मूल्य पसल सञ्चालन गर्ने कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिइन् ।

न्यौपानेका अनुसार सुपथ मूल्य पसलबाट दाल, चिउरा, चामल, दाल, चिउरा, पिठो र तेलमा ५ रुपैयाँ र मासु र कर्णाली सिमीमा १० रुपैयाँ छुट दिइनेछ ।

काठमाडौं उपत्यकामा थापाथली, रामशाहपथ, नक्खु, लगनखेल र सूर्यविनायकमा सुपथ मूल्य पसल सञ्चालन भएको छ ।

त्यस्तै नेपालगञ्ज, पोखरा, दाङ, सुर्खेत, धनगढी, महेन्द्रनगर, बनेपा, हेटौँडा, नारायणगढ, भैरहवा, बुटवल, डडेलधुरालगायत सहरमा पनि उक्त पसल सञ्चालन हुनेछ । खाद्य कम्पनीसँगै साल्ट ट्रेडिङ कर्पोरेसनले देशैभर ४३ वटा सुपथ मूल्य पसल सञ्चालन गर्नेछ ।