२०८२ असार ८ आइतबार

राशिफल

थप १ हजार ५ सय ५८ जनामा कोरोना पुष्टि, १० जनाको मृत्यु

काठमाडौँ – शुक्रबार थप १ हजार ५ सय ५८ जनामा कोरोना संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ७ लाख ८३ हजार ७५ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या २५ हजार ४ सय ९७ जना रहेका छन ।

मन्त्रालयका अनुसार आज १ हजार ३ सय ५१ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ७ लाख ४६ हजार ५ सय ६६ जना रहेको छ । आज १० जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार १२ जना पुगेको छ ।