काठमाडौँ – शनिबार बिहान देशभर आंशिकदेखि सामान्य बदली रहने छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती प्रदेशका थोरै स्थानहरुमा तथा प्रदेश १ र प्रदेश २ का एक दुई स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
यस्तै दिउँसो पनि देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
यस्तै राति देशभर बदली रही प्रदेश १, प्रदेश २, बाग्मती तथा गण्डकी प्रदेशका केही र बाकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ।
तपाइँको प्रतिक्रीया