काठमाडौँ – राप्तीमा एक पुरुषको हत्या भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार राप्ती नगरपालिका वडानम्बर ९ स्थित शीतल टोलका अन्दाजी ५९ वर्षीय कान्छा लामाको हत्या भएको हो ।
कान्छाको हत्यामा संगल्न भएको आरोपमा छिमेकी दशरथ ठकुरीलाई प्रहरीले पक्राउ गरेको छ । दशरथले कान्छाको टाउकोमा फलामको गलले हिर्काएर हत्या गरेको प्रहरीले जनाएको छ । शुक्रबार बेलुका उनीहरूले सँगसँगै खानपिन गरेको र सोही क्रममा विवाद हुँदा दशरथले आक्रमण गरेको प्रहरीको भनाइ छ ।
मृतकको शवलाई भरतपुर अस्पताल राखिएको छ भने सो घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाइँको प्रतिक्रीया