काठमाडौँ – सङ्गीत रोयल्टी संकलन समाज नेपालको सम्पन्न १२ औ साधारण सभाले आगामी २ बर्षका लागि नयाँ नेतृत्व चयन गरेको छ ।
शुक्रबार आयोजित सभामा रोयल्टी संकलन समाजको अध्यक्षमा सुरेश अधिकारी निर्बाचित भएका छन् । अधिकारीको नेतृत्वमा गठन भएको नयाँ समितिको उपाध्यक्षमा चन्द्र शर्मा, महासचिवमा बि.पाण्डे चयन भएका छन् । त्यस्तै कोषाध्यक्ष पदका लागि वरिष्ठ संगीतकार वसन्त सापकोटा चयन भएका छन् ।
नयाँ समितिको सदस्यहरुमा लोक गायक शिरीष देवकोटा, सुवास रेग्मी, पि एन सापकोटा, राजेन्द्र कुमार कार्की, सुजन लम्साल, विमल अधिकारी र रमु खड्का रहेका छन् । नव गठित समितिले संगीतको क्षेत्रलाई अझै उचाईमा पुराउनका लागि रोयल्टी संकलनको काममा दत्तचित्त भएर काम गर्ने प्रतिबद्धता जनाएको छ ।
तपाइँको प्रतिक्रीया