२०८२ असार ८ आइतबार

राशिफल

बँदेललाई थापेको पासोमा परि एकै परिवारका तीन जनाको मृत्यु

काठमाडौँ – बँदेललाई थापेको पासोमा परेर बर्दियामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार बँदेललाई थापेको विद्युतीय पासोमा परेर ठाकुरबाबा नगरपालिका – ३ गोदाना भन्ने ठाउँका ३५ वर्षीय बालकृष्ण थारु, उनकी ३० वर्षीय श्रीमती सुनिता थारु र ४५ वर्षीय भाउजु बेलमती थारुको मृत्यु भएको हो ।

शुक्रबार राति खेतमा पानी हेर्न गएका बेला उनीहरू छिमेकीले बँदेलका लागि धान खेतमा थापेको विद्युतीय पासोमा परेका हुन् । खेतमा विद्युतीय पासो थाप्ने छिमेकी ८३ वर्षका राजबहादुर शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई इलाका प्रहरी कार्यालय भुरिगाउँमा राखि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।