२०८२ असार ८ आइतबार

राशिफल

मलेसियाबाट एकैदिन ६ जना नेपालीको शव ल्याइयो

काठमाडौँ – मलेसियाबाट एकैदिन ६ जना नेपालीको शव नेपाल ल्याइएको छ भने अन्य १५ श्रमिकको अस्तु पनि ल्याइएको छ ।

नेपाल सरकार र मलेसियामा रहेको जनउद्धार केन्द्रकोे पहलमा वैदेशिक रोजगारीका क्रममा विभिन्न कारण मृत्यु भएकाहरुको शव र अस्तु ल्याइएको हो ।

कानूनी र प्रक्रियागत झन्झटले गर्दा विदेशमा मुत्यु भएका व्यक्तिको शव ल्याउन अझै सहज भएको छैन । विदेशमा मृत्यु भएकाहरुको शव ल्याउनका लागि नेपाल सरकार र त्यहाँँस्थित जनउद्धार समितिले पहल गर्दै आएको छ । सरकारले मृतकका आफन्तको घरसम्म शवबाहनमा शव पुर्याउने गर्दै आएको छ ।