काठमाडौँ – आइतबार थप ७ सय ३४ जनामा कोरोना संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ७ लाख ८३ हजार ९ सय १० जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या २४ हजार ३ सय १३ जना रहेका छन ।
मन्त्रालयका अनुसार आज १ हजार ४ सय १३ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ७ लाख ४९ हजार २ सय १३ जना रहेको छ । आज १२ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार ४४ जना पुगेको छ ।
तपाइँको प्रतिक्रीया