२०८२ असार ८ आइतबार

राशिफल

मकवानपुरबाट ७ जना जुवाडे पक्राउ

काठमाडौँ – आइतबार मकवानपुरबाट प्रहरीले ७ जना जुवाडेलाई पक्राउ गरेको छ ।

२६ हजार ९८५ नेपाली रुपैयाँ र १५०० भारतीय रुपैयाँ नगदसहित शनिबार दिउँसो हेटौंडा उपमहानगरपालिका(१ चाईना क्वाटर बस्ने ३७ वर्षीय राकेश के।सीको घरबाट उनीहरुलाई रंगेहात नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार हेटौडा उपमहानगरपालिका – १ का ३७ वर्षीय राकेश के.सी. (घर धनि), सोही उपमहानगरपालिका – १० बस्‍ने ४२ वर्षीय श्रेष्ठ, ३८ वर्षीय प्रदीप जंग पण्डित, ४० वर्षीय पदम बहादुर भण्डारी, धुनिवेशि नगरपालिका – ९ घर भइ हाल हेटौडा उपमहानगरपालिका – १ बस्ने ३६ वर्षीय बाबु कृष्ण उप्रेति , ५५ वर्षीय एकबहादुर थापा र ३१ वर्षीय दिपेन्द्र कुमार मिश्रलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले ४ बुक तास, २६ हजार ९८५नेपाली रुपैयाँ र १५०० भारतीय रुपैयाँ नगद बरामद गरेको छ ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।