काठमाडौं – निर्देशक शोभित बस्नेतको ३१ औं निर्देशकीय फिल्म ‘डाँडाको वरपीपल’को गीत “काटि दिउंला जुङ्गा जम्मै” सार्वजनिक गरिएको छ। आइतबारराजधानी काठमाडौंमा एक कार्यक्रमका बीच उक्त गीत सार्वजनिक भएको हो । फिल्म असोज २६ गते फुलपातीको दिन सिनेमा हल र ओटीटीमा एकसाथ रिलिज हुने भएको छ ।
सार्वजनिक गीतमा स्वर्गिय खेमराज गुरूङ र रिमा गुरूङ हाडाको स्वर, उमंग लामा र केशव चौलागाइको शब्द, उमंग लामाको संगीत र फणिन्द्र राइको एरेन्ज छ ।
गीतको भिडियोमा सलोन बस्नेत, रूबिना थापा, भुवन केसी, शिव श्रेष्ठ, गौरी मल्ल, विनोद न्यौपाने, राजिब, प्रभात, अस्मिता, प्रदिप, अप्स्ना लगायत फिचर्ड छन् । भिडियोमा रामजी लामिछानेको कोरियोग्राफी छ। लामीछानेले करिब दुईसयभन्दा बढि गीतमा कोरियोग्राफी गरिसकेका छ्न काटि दिउंला जुङ्गा जम्मै
बोलको गीत उत्कृष्ट बनेकोमा लामिछाने खुसी छ्न ।
फिल्ममा शिव श्रेष्ठ, भुवन केसी, गौरी मल्ल, सलोन बस्नेत, रुबिना थापा, विनोद न्यौपाने, राजीवजंग बस्नेत, अस्मिता जुरेली, प्रदिप गिरि, अप्सना थापा, हिउँवाला गौतम, उतम केसी, रश्मी भट्ट, सुशान्तकुमार श्रेष्ठ, प्रभात पल, अस्मी थापा, ज्ञानकुमार कट्टेल, टेकेन्द्र न्यौपानेको अभिनय रहेको छ ।
बुढासुब्बा डिजिटल प्रस्तुतिमा निर्माण भएको फिल्ममा कथा तथा निर्माण नवराज गिरीको रहेको छ। सरस्वती गिरी कार्यकारी निर्माता रहेकी छन् । रामकाजी घिमिरेको लेखन रहेको फिल्ममा सुशन प्रजापतिको छायांकन, रोशन श्रेष्ठको द्वन्द्व, मित्रदेव गुरुङको सम्पादन, रामजी राउतको मुख्य सहायक निर्देशन र आकाश बुढाथोकीको सहायक निर्देशन, मोति कार्की प्रोडक्सन डिजाइनर रहेका छन् ।
तपाइँको प्रतिक्रीया