२०८२ असार १२ बिहीबार

राशिफल

संखुवासभा हत्याकाण्ड : यसरी बनाएका थिए हत्याराले योजना

काठमाडौँ – संखुवासभा हत्याकाण्डमा प्रहरीले आज संखुवासभामा पत्रकार सम्मेलन गरेर घटनामा संलग्न ५ जनालाई सार्वजनिक गरेको छ । घटनाका मुख्य योजनाकार यसअघि पक्राउ परेका लोकबहादुर कार्कीका काका खड्गबहादुर कार्की भएको खुलेको छ ।

प्रहरीले पत्रकार सम्मेलनमा लोकबहादुरको घरमा अघिल्लो रात भेला भएर योजना बनाइएको जानकारी दिएको छ । तेजबहार र उनकी पत्नी कमला कार्कीको हत्या गरी नगद तथा गरगहना लुट्ने योजना बनाएर ५ जना विहानैबाट हतियारसहित तयार भएको खुलेको छ ।

हत्यामा संलग्न लोकबहादुर कार्की, खड्गबहादुर कार्की, नरेश कार्की र हस्तबहादुर कार्की भाद्रमा तीनपिप्ले स्थित खेलमा काम गर्ने तय भएको थियो । तर, खेताला डाकिएका उनीहरु हत्यारा परिणत भएका थिए । घटनामा लोकबहादुरका बाबु रणबहादुर कार्की पनि सहयोगी रहेको खुलेको छ ।