काठमाडौँ – सोमबार थप १ हजार ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा संक्रमितको संख्या ७ लाख ८५ हजार ५ सय ४१जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या २२ हजार ३ सय २३ जना रहेका छन ।
मन्त्रालयका अनुसार आज २ हजार ९ सय ६७ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ७ लाख ५२ हजार १ सय ७० जना रहेको छ । आज ८ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार ४८ जना पुगेको छ ।
तपाइँको प्रतिक्रीया