२०८२ जेठ २२ बुधबार

राशिफल

“गलबन्दी च्यातेछ” बोलको गीत सार्वजनिक

काठमाडौँ – गायक बाबु जिम्बाको आवाजमा “गलबन्दी च्यातेछ” बोलको नेपाली आधुनिक लोक गीत सार्वजनिक भएको छ । पि.एल श्रेष्ठको शब्द रहेको यस गीतमा बाबु जिम्बाको संगीत रहेको छ ।
सीतल खड्का, सुजाता थापा मगर र हरीलाल बाजुको गीतमा निकै नै राम्रो अभिनय रहेको छ ।
गीतमा माया र पिरतीका कुरालाई प्रस्तुत गरिएको छ । डाँडा घरे कान्छाले जिम्मल बा की छोरीलाई माया जालमा पारेको विषयलाई उत्कृठ रुपमा प्रस्तुत गरिएको छ । गीतलाई बाबु जिम्बाले नै निर्देशन गरेका हुन् भने आशिष जिम्बाले सम्पालन गरेका हुन् ।