२०८२ असार १२ बिहीबार

राशिफल

मेयरलाई मुक्का प्रहार गर्ने युवक प्रकाउ

काठमाडौँ – सोमबार बुटवलका मेयर शिवराज सुवेदीलाई मुक्का प्रहार गर्ने युवक गणेश पङ्गेनी प्रकाउ परेका छन् । बुटवल उपमहानगरपालिका–३ ज्योतिनगरमा पहिरो निरीक्षण गर्न गएका मेयर सुवेदीमाथि मुक्का प्रहार गर्ने युवक सोमबार साँझ बुटवलबाट पक्राउ गरी इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ ।

लुम्बिनी वाणिज्य क्याम्पस बुटवलका विद्यार्थी पङ्गेनी अनेरास्ववियू रुपन्देही जिल्ला कमिटी सदस्य समेत हुन् । उनलाई दुर्व्यवहार वा शान्ति सुरक्षासम्बन्धी मुद्दा लगाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी मदन कुँवरले जानकारी दिए ।

स्थानीयले आफूहरू पहिरो पीडित हुँदा सरकारले केही नगरेको भन्दै आक्रोश पोखेका थिए भने पङ्गेनीले मुक्का नै हानेका थिए। घटनाको बारेमा थप अनुसन्धान भइरहेको उनले बताए ।