२०८२ असार ८ आइतबार

राशिफल

घुस लिएको आरोपमा प्रहरीसहित दुईजना पक्राउ

काठमाडौँ – भारतीय पर्यटकसँग घुस लिएको आरोपमा प्रहरीसहित दुईजना पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय बेलहियामा कार्यरत लक्कीचन्द्र लोहार र बेलहियास्थित गुजरात ट्राभलका कर्मचारी सन्तोष गुप्तालाई सीमा नाका पार गराउन भन्दै भारतबाट आएका पर्यटकसँग घुस लिएको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

पशुपतिनाथ मन्दिर दर्शन गर्ने उद्देश्यले गुजरात ट्राभल्समार्फत बेलहियासम्म आएका ८ जनाको समूहलाई ट्राभल्सका कर्मचारी गुप्ताले प्रहरीलाई घुस दिनुपर्छ भन्दै प्रतिव्यक्ति ५ सय भारुका दरले रकम उठाएका थिए ।

सो रकम प्रहरीलाई बुझाएर पर्यटकको समूह नेपाल प्रवेश गरेको थियो । घटनाबारे उजुरी परेपछि रुपन्देही प्रहरीले सोमबार राति गुजरात ट्राभल्समा काम गर्ने यादव र प्रहरी जवान लोहारलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय पठाएको छ । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।