२०८२ असार १२ बिहीबार

राशिफल

माधव नेपालको पार्टीको हैसियत आउँदो चुनावमा देखिन्छ : पूर्व सञ्चारमन्त्री बास्कोटा

काठमाडौँ – पूर्व सूचना तथा सञ्चारमन्त्री तथा नेकपा एमालेका नेता गोकुलप्रसाद बास्कोटाले माधव नेपालको पार्टीको हैसियत आउँदो चुनावमा देखिने बताएका छन् ।

मंगलबार प्रेस चौतारी कास्कीले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता बास्कोटाले माधव नेपालले एमालेको रगत र पसिनाको अवमूल्यन गरेको बताउँदै विगतमा उनलाई कुनै काँग्रेस र माओवादीले भोट हालेर नेता नबनाएको जिकिर गरेका हुन् ।

उनले भने, उहाँको पार्टी टिक्ने वाला छैन, उहाँले जबजसमेत पोलेर खाइसक्नुभयो ।’ नेता बास्कोटाले आगामी चुनावसम्म माधव नेपाल र प्रचण्डलाई काँग्रेसले उपयोग गर्ने बताए । ‘काँग्रेसले चुनावको अगाडिसम्म यिनीहरूलाई स्वीकार गर्छ,’ उनले दाबी गरे, ‘चुनावका बेला सबैलाई लात हानेर काँग्रेस एक्लै लड्छ । काँग्रेसले उनीहरूसँग तालमेल गर्दा आफ्नै नेता कार्यकर्तालाई भागबण्डा पुग्दैन ।’ नेता बास्कोटाले अबको चुनाव काँग्रेस एमालेबीच मात्र प्रतिस्पर्धा हुने बताए ।