२०८२ असार १२ बिहीबार

राशिफल

फागुनमा विप्लवको महाधिवेशन गर्ने निर्णय

काठमाडौँ – नेत्रविक्रम चन्द (विप्लव) समूहको केन्द्रीय समिति बैठकले आगामी फागुनमा नवौं महाधिवेशन गर्ने निर्णय गरेको छ ।

तनहुँको बन्दीपुरमा बसेको सो समूहको केन्द्रीय समितिको ११ औं बैठकले जनयुद्ध दिवसको अवसर पारेर आगामी फागुनमा नवौं महाधिवेशन गर्ने निर्णय गरेको हो । महाधिवेशन अघि मंसिर ८ गते काठमाडौंमा सभा तथा प्रदर्शन गर्ने निर्णय पनि बैठकले गरेको छ ।

अहिलेको शासन प्रणाली असफल भएको निष्कर्षमा पुगेको विप्लव समूहले सबै देशभक्त, प्रगतिशील र कम्युनिस्ट शक्तिहरूलाई मोर्चाबद्ध तथा एकताबद्ध गर्दै जनमतसंग्रहका लागि अभियान सञ्चालन गर्ने निर्णय समेत गरेको छ । अमेरिकी सहयोग परियोजना एमसीसी विरोधी सबै शक्तिहरूसँग सहकार्य गर्ने जनाएको छ ।