२०८२ असार १२ बिहीबार

राशिफल

नेता खड्काद्वारा परराष्ट्रमन्त्री पदको शपथ ग्रहण

काठमाडौँ – कांग्रेस नेता डा. नारायण खड्काले परराष्ट्रमन्त्री पदको शपथ ग्रहण गरेका छन् ।

शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले खड्कालाई मन्त्री पदको शपथ ग्रहण गराएकी हुन् ।

मन्त्री खड्काले आजै परराष्ट्र मन्त्रालय पुगेर कार्यभार सम्हाल्ने कार्यक्रम छ । आज गठबन्धनमा आबद्ध दलहरूले डा। खड्काको विषयमा सहमति जनाएसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई परराष्ट्रमन्त्री बनाउने निर्णय गरेका हुन् ।

०२३ सालमा विद्यार्थी जीवनकालबाटै राजनीतिमा होमिएका खड्का पटक–पटक मन्त्री भइसकेका छन् । उदयपुरबाट निर्वाचन जितेका थापा संविधानसभा सदस्य पनि हुन् ।