२०८२ असार ८ आइतबार

राशिफल

मोटरसाइकल दुर्घटनामा एक जना मृत्यु

काठमाडौँ – रौतहटमा मोटरसाइकल दुर्घटनामा परेर एक जना जना मृत्यु भएको छ ।

गएराती बलुवा गाउँ नजिकै ना ४२ प ७१४२ नम्बरको मोटरसाइकल दुर्घटना हुदा देवाही गोनाही–६ घर भएका २५ वर्षीय पप्पु पटेलको मृत्यु भएको छ ।

अचेत अवस्थामा रहेका पटेललाई उपचारको लागि प्रहरीले कटहरिया स्थित एउटा क्लिनिकमा लैजाँदा डाक्टरले मृत घोषणा गरेको ईलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ । मृतकको शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल गौर पठाइएको तथा दुर्घटनाको कारण हालसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ ।