२०८२ असार १२ बिहीबार

राशिफल

एमालले बोलायो केन्द्रीय कमिटीको बैठक

काठमाडौँ – नेकपा (एमाले)ले केन्द्रीय कमिटीको बैठक असोज ८ का लागि बोलाएको छ ।

एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार केन्द्रीय कमिटी बैठक बिहान ११ बजे तुलसीलाल प्रतिष्ठान च्यासलमा बोलाइएको हो ।

केन्द्रीय समिति बैठकबाट विधान महाधिवेशनको राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र विधान संशोधन प्रस्तावमाथि छलफल गरी पारित गर्ने तयारी रहेको छ । बैठक दुई दिनसम्म चल्ने कार्यालय सचिव तामाङले बताए ।