काठमाडौँ – बैतडीमा एक जना व्यक्ति मृत अबस्थामा फेला परेका छन् ।
सुर्नया गाउँपालिका–४ का ४५ वर्षीय कमलसिंह महरा बिहीबार बिहान मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
स्थानीय सन्सेरीमाण्डौं बजारमा मासु पसल सञ्चालन गर्दै आएका महरा बिहीबार बिहान मृत भेटिएका हुन । मृतकको टाउकोमा चोट लागेको छ भने उक्त घटनास्थल सिल गरेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
तपाइँको प्रतिक्रीया