काठमाडौँ – बिहीबार २ दशमलव ७० अंकले शेयर बढेको छ । शेयर कारोबार २ हजार ८ सय १९ दशमलव ६५ अंकमा पुगेको छ ।
‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटि इन्डेक्स पनि १.९३ अंकले बढेको छ । यस अघि बुधबार नेप्से परिसूचक सय अंक भन्दा बढीले सुधारिएको थियो । नेप्से परिसूचकसँगै कारोबार रकममा समेत सुधारिएको छ ।
आज ७ अर्ब ७२ करोड ६३ लाख रुपैयाँ पुगेको छ । बिहीबार धेरै जसो बैंक र फाइनान्स कम्पनीहरुको शेयर मूल्य बढेको छ । समूह्गत सवइन्डेक्सहरुमा पनि बैंक २ प्रतिशत भन्दा धेरै बढेको छ भने फाइनान्स पनि झिनो अंकले सुधारिएको छ । बाँकी सबै सबइन्डेक्सहरु घटेका छन् ।
तपाइँको प्रतिक्रीया