२०८२ जेठ २१ मङ्गलबार

राशिफल

काठमाडौँमा पाकिस्तानी क्रिकेट स्टार अफ्रिदी

काठमाडौँ – पाकिस्तानी क्रिकेट स्टार शाहीद अफ्रिदी काठमाडौँ आइपुगेका छन् । उनी एभरेष्ट प्रिमियर लिग (इपीएल) टी–२० क्रिकेट प्रतियोगितामा भाग लिन उनी काठमाडौँ आएका हुन् ।

नेपाल आउन पाउँदा खुसी लागेको भन्दै उनले भने, ‘नेपाल र नेपाली क्रिकेटलाई सपोर्ट गर्न म आएको छु ।’ अफ्रिदीले काठमाडौँ किङ्ग्स इलेभेनका तर्फबाट खेल्ने छन् । ४१ वर्षीय अफ्रिदी क्रिकेटका अलराउन्डर हुन् । उनी विस्फोटक ब्याट्सम्यानका अतिरिक्त सफल बलर पनि हुन् । क्षेत्र रक्षणमा पनि उनको बेजोड प्रदर्शन रहने गरेको छ ।

इपिएलको चौथो संस्करण आगामी असोज ९ देखि २३ सम्म त्रिवि क्रिकेट मैदानमा खेलाइने कार्यतालिका छ ।