काठमाडौँ – अन्तर्राष्ट्रिय सम्मेलन (कोप – २६) मा सहभागी हुन प्रधानमन्त्री शेरबहादुर देउवा स्कटल्याण्ड जाने भएका छन् ।
स्कटल्याण्डको ग्लास्गो सहरमा हुने जलवायु परिवर्तनसम्बन्धी प्रधानमन्त्री देउवा स्कटल्याण्ड जान लागेका हुन् ।
बेलायती कूटनीतिज्ञ एवं कोप – २६ का एसिया प्यासिफिकका एम्बासडर केन ओ फ्लाहरटीले कोपमा सहभागी हुने विषयमा प्रधानमन्त्री देउवासँग छलफल गरेका छन् ।
बिहीबार मुख्य सचिव शंकदार बैरागीसँगको भेटपछि फ्लाहरटीले नेपालको तर्फबाट जलवायु परिवर्तन सम्मेलनमा प्रधानमन्त्री देउवा सहभागी हुने उल्लेख गर्दै ट्विट गरेका थिए ।
तपाइँको प्रतिक्रीया