२०८२ असार १२ बिहीबार

राशिफल

एमालेको केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौँ – नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ ।

बैठक अहिले १ बजे ललितपुरको च्यासलमा रहेको तुलसीलाल प्रतिष्ठानमा बस्नेछ । हिजोदेखि सुरु भएको बैठकमा यही असोज १५, १६ र १७ गते हुने विधान महाधिवेशनका लागि तयार पारिएका विभिन्न प्रस्तावमाथि छलफल भइरहेको छ ।

हिजोको बैठकमा विधान महाधिवेशनमा पेस गरिने प्रस्तावमाथि १० वटा समूह बनाएर छलफल सुरु भएको थियो । आजको बैठकमा १० वटा समूहले आ–आफ्नो समूहको रिपोर्ट प्रस्तुत गर्नेछन् ।