काठमाडौँ – दैलेखको ठाँटिकाँधमा अरिंगालको टोकाइबाट एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार स्कुलमा छोराको सर्टिफिकेट लिन जाने क्रममा कालो अरिंगालले शरीरमा टोक्दा घाइते भएका ठाटिकाँध ५ बुढागाउँका ४८ वर्षिया देबबहादुर शाहीको मृत्यु भएको हो ।
बालबालिकाको स्कुल जाने बाटोमा अरिंगालको गोलो देखेपछि बालबालिकाकालाई असर पुरयाउने मनशायले त्यसलाई धपाउने प्रयास गरेका थिए । सोही क्रममा गम्भिर घाइते भएका शाहीलाई क्षेत्रीय अस्पताल सुर्खेतमा क्रिटिकल केयर आईसीयुमा राखेर उपचारकै क्रममा शुक्रबार राति ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
तपाइँको प्रतिक्रीया