काठमाडौँ – प्रहरीले स्रोत नखुलेको ९५ लाख रुपैयाँसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार चन्द्रागिरि नगरपालिका – २ नागढुंगामा सवारी साधन चेकजाँचका क्रममा भारतको मुम्बई महाराष्ट्र प्रदेशको सङली जिल्लाको थाना घर बताउने २६ वर्षीय सागर माली र सोही ठाउँ घर बताउने १९ वर्षीय कूष्ण अढाडेलाई पक्राउ गरेको हो ।
उनीहरू चितवनबाट काठमाडौं आउँदै गरेको ग१ख ६६४५ नम्बरको हाइसको ८ र ९ नम्बर सिटमा थिए । प्रहरी प्रभाव नागढुंगाको टोलीले चेकजाँचका क्रममा मालीको साथबाट ४५ र अढाडेको साथबाट ५० लाख रुपैयाँ बरामद गरेको हो । पक्राउ परेका उनीहरुमाथि महानगरीय प्रहरी परिसर काठमाडौं राखेर थप अनुसन्धान सुरु गरिएको छ ।
तपाइँको प्रतिक्रीया