काठमाडौँ – चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा काठमाडौँले ललितपुरलाई ७ विकेटले पराजित हराएको छ ।
आज भएको उद्घाटन खेलमा काठमाडौँले ललितपुरलाई ७ विकेटले पराजित गरेको हो । काठमाडौँका लागि वर्लले अविजित ७३ रनको पारी खेले । ३४ बल खेलेका उनले तीन चौका र सात छक्का प्रहार गरे ।
त्यस्तै, काठमाडौँका लागि रमनउल्लाह गुरुवाजले ५९ रनको पारी खेले । ३६ बल खेलेका उनले चार चौका र चार छक्का प्रहार गरे । काठमाडौंका लागि राजु रिजालले अविजित १९ रन जोडे । ललितपुरका लागि योगेन्द्र सिंह कार्कीले ३३ रन बनाउँदा मिक्यो दोर्जीले १७ रन जोडे ।
बलिङतर्फ काठमाडौँका लागि तीव्र गतिका बलर जितेन्द्र मुखियाले चार विकेट लिए । त्यस्तै गुलशन झा र र्यान वर्लले समान दुईरदुई विकेट लिए । जितसँगै काठमाडौँले दुई अंक जोडेको छ ।
तपाइँको प्रतिक्रीया