काठमाडौँ – अछामको ढकारी गाउँपालिकामा पानीमा डुबेर एक बालकको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय ढकारीका अनुसार चित्रे खोलामा शुक्रवार दिउँसो नुहाउने क्रममा ढकारी गाउँपालिका(१ डाँडाघरेल बस्ने चन्द्रबहादुर बुढाका ७ वर्षीय छोरा खेमबहादुर बुढाको डुबेर मृत्यु भएको हो ।
स्थानीय अमरे बुढाले भैँसीलाई पानी खुवाउने क्रममा पानीमुनि तैरिएको अवस्थामा शव देखिएपछि प्रहरीलाई खबर गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाइँको प्रतिक्रीया