२०८२ असार ८ आइतबार

राशिफल

महिला अधिकारकर्मी कमला भासिनको निधन

काठमाडौँ – चर्चित भारतीय महिला अधिकारकर्मी तथा लेखक कमला भासिनको निधन भएको छ ।

भासिनको ७५ वर्षको उमेरमा आज बिहान तीन बजे निधन भएको अभियन्ता कविता श्रीवास्तवलाई उदृत गर्दै इन्डियन एक्सप्रेसले जनाएको छ ।
क्यान्सर रोगबाट पीडित भासिनको निधनले भारत र दक्षिण एसियाको महिला आन्दोलनमा धक्का पुगेको छ ।

महिला अधिकारको क्षेत्रमा ठूलो योगदान पुर्याएकी भासिनले ‘सङ्गत’ नेटवर्कमार्फत अभियान चलाउनुभएको थियो । भारतमा मध्यमवर्गीय महिलालाई बाँच्नको लागि निकै कठिन भएको भन्दै भासिनले भारतीय महिलालाई रोग, भोक र हिंसाबाट पीडित हुनबाट बचाउनुपर्ने अभियान चलाउनुभएको थियो ।