२०८२ असार ८ आइतबार

राशिफल

टिपरको ठक्करबाट एकको मृत्यु

काठमाडौँ – नुवाकोटको लिखु गाउँपालिका–५, डुडेमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते छन् ।

काठमाडौँबाट ढिकुरेतर्फ जाँदै गरेको ना८ख ५७ ९१ नम्बरको टिपरले सडकछेउमा रोकिराखेको तीनजना सवार प्रदेश ३ ०२ ०११ प ४३१६ नम्बरको मोटरसाइकललाई गएराति ठक्कर दिदा मोटरसाइकलमा सवार स्थानीय २८ वर्षीय रामकुमार गजुरेलको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा काठमाडौंस्थित ग्रान्डी अस्पताल मृत्यु भएको जनाइएको छ । गम्भीर घाइते भएका मोटरसाइकल चालक र पछाडि सवार एकजनाको सोही अस्पतालमा उपचार भइरहेको छ । दुवै सवारीसाधन नियन्त्रणमा लिइएको र टिपर चालक फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय ढिकुरेले जनाएको छ ।