काठमाडौँ – बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार बर्दिया र बाँकेका गरी दुई जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो ।
बर्दियाको बारबर्दिया नगरपालिका–४ का ७२ वर्षीय वृद्धको शनिबार राति ९:३० बजे मृत्यु भएको हो । यस्तै शनिबार बाँकेको कोहलपुर नगरपालिका–५ का २२ वर्षीय युवकको राति १:३० बजे मृत्यु भएको हो ।
तपाइँको प्रतिक्रीया