२०८२ असार ८ आइतबार

राशिफल

माछा मार्ने क्रममा नदीले बगाएर बालकको मृत्यु

काठमाडौँ – नदीमा माछा मार्ने क्रममा नदीले बगाएर एक बालकको मृत्यु भएको छ भने अर्का एकजना बेपता भएका छन् ।

राजदेवी नगरपालिका – ९ को ब्रह्मपुरीमा रहेको बाग्मती नदीमा माछा मार्न गएका ४ जना मध्ये एकजनाको मृत्यु भएको हो । माछा मार्न गएका बालकहरु नदीमा नुहाउने क्रममा डुब्न थालेपछि स्थानियले दुई जनाको जिवितै उद्धार गरेका थिए ।

नुहाउने क्रममा पानीमा डुबेर १० वर्षीय अवित रामको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । उनीसँगै नुहाउन गएका १० वर्षका चिन्टु पासवान बेपता भएको प्रहरीले जनाएको छ । मृतक बालकको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल गौरमा ल्याइएको छ भने बेपत्ता बालको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।