२०८२ असार ८ आइतबार

राशिफल

आज ४२ औँ विश्व पर्यटन दिवस, नेपालमा पनि मनाइँदै

Tourism Industry

काठमाडौँ – आज ४२ औँ विश्व पर्यटन दिवस नेपालमा पनि मनाइँदैछ ।

कोभिड–१९ महामारीकै बीच स्वास्थ्य मापदण्डको पालना गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र मातहत निकाय तथा सरोकार संस्थाले विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागेका हुन् ।

दिवसकै अवसरमा नेपाल एसोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले रक्तदान कार्यक्रम गर्दैछ । नक्सालमा रहेका संस्थाको सचिवालय परिसरमा बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म रक्तदान हुँदैछ ।