काठमाडौँ – ककपिटमा धुँवा देखिएपछि सोमबार बुद्ध एयरकै अर्को जहाज आजै काठमाडौँ फिर्ता भएको छ ।
बिहान साढे ७ बजे काठमाडौंबाट पोखराका लागि उडेको यू ६०१–९ एनएजेओ जहाज पोखरा नपुगी काठमाडौं फिर्ता भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।
जहाजमा देखिएको समस्या समाधान गरी सो जहाज पुन: पोखरा गएको छ । ककपिटमा स्मोक देखिएपछि जहाज फिर्ता भएको थियो भने समस्या पहिचानपछि जहाज पुन: उडिसकेको छ ।
तपाइँको प्रतिक्रीया