२०८२ असार ८ आइतबार

राशिफल

घरमा मिस्त्री काम गर्ने चौधरीको लडेर मृत्यु

काठमाडौँ – रुपन्देहीको बुटवल उपमहानगरपालिका–१४ पत्थरगंंजस्थित स्थानीय देवबहादुर खत्रीको निर्माणाधीन घरमा मिस्त्री काम गर्ने ३० वर्षीय किसन चौधरीको लडेर मृत्यु भएको छ । चौधरी लमही नगरपालिका–९ वनभुटानी निवासी हुन् ।

घरमा प्लास्टर गर्ने क्रममा अचानक बाँस भाँचिएर लड्दा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।