काठमाडौँ – बुधवार प्रदेश २ सरकारले महिलाको लागि सार्वजनिक विदा दिएको छ ।
मुख्यमन्त्री लालबाबु राउतले आज एक शुभकामना सन्देश जारी गर्दै हिन्दु सामुदायका महिलाले मनाउने जितिया पर्वको अवसरमा असोज १३ गते बुधबारका दिन प्रदेशभरी महिलाका लागि सार्वजनिक विदा भएको जानकारी गराएका हुन् ।
मधेशका महिलाहरूको निष्ठाको साथ जितिया पर्व मनाउने गरेका छन् । मिथिलाको कठिन पर्वको रुपमा रहेको जितिया पर्वमा सन्तानको दीर्घायूको कामना गर्दै महिलाले उपवास गरी यो पर्व मनाउने गर्छन् ।
तपाइँको प्रतिक्रीया