२०८२ असार ८ आइतबार

राशिफल

पशुपतिमा ‘बाबा’ माथि खुकुरी प्रहार

काठमाडौँ – पशुपतिनाथ मन्दिर क्षेत्रमा साधु (बाबा) माथि खुकुरी प्रहार भएको छ ।

प्रहरीका अनुसार विश्वरुपा मन्दिर नजिकै ३५ वर्षका सन्तोष बाबा शौचालयतर्फ जाँदै गर्दा एकजना व्यक्ति आएर उनलाई माल निकाल भनेका थिए ।

ति व्यक्तिले ‘माल निकाल’ भनेर गाँजा मागेको थाहा पाएर हिन्दी भाषा मात्र बोल्ने सन्तोषले ‘छैन’ भनेपछि ती व्यक्तिले खुकुरी हानेका थिए । खुकुरी प्रहारबाट घाइते भएका सन्तोष बाबाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

घटनाबारे महानगरीय प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको जनाएको छ ।