काठमाडौँ – प्रमोद खरेलको स्वरमा “बिहानीको मिरमिरेमा”बोलको गीत सार्वजनिक भएको छ । गीतमा दिपक शर्माको संगीत, ज्ञानेश्वर तिवारीको शब्द तथा अम्बिका अधिकारी तिवारीको निर्माणरहेको छ।
सुधिर श्रेष्ठ र उषा उप्रेती फिचर्ड भिडियोको निर्देशन तथा कोरियोग्राफी रामजी लामिछानेले गरेका छन्। आशुतोष अधिकारी, एसोसिएट निर्देशक रहेको भिडियोमा मिलन श्रेष्ठ र शाहील खानको सम्पादन,मानकृष्ण महर्जनको छायाँकन रहेको छ।
अमेरिका बसेर पनि नेपाली गीत संगीतलाई अन्तररास्ट्रिय क्षेत्रमा प्रबर्धन गर्ने उदेश्यका साथ भिडियो निर्माण गरिएको निर्माता अम्बिका अधिकारी तिवारी बताउछिन। रोमान्टिक गीतको भिडियोमा सुधिर र उषाको केमेस्ट्रि राम्रो जमेको छ। आशुतोष फिल्मसले निर्माण गरेको भिडियो डिएआर मुभिजको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।
तपाइँको प्रतिक्रीया