काठमाडौँ – गृहमन्त्री बालकृष्ण खाणले विजयादशमी, दिपावली र छठमा उपत्यकाको सुरक्षा व्यवस्था र बजार व्यवस्थापन प्रभावकारी बनाउन सरोकारवाला निकायलाई निर्देशन दिएका छन् ।
उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र ट्राफिक महाशाखा प्रमुखलाई नागरिकलाई अनुभूति देखिनेगरी सुरक्षा व्यवस्था र बजार व्यवस्थापन प्रभावकारी बनाउन निर्देशन दिएका हुन् ।
सामान्य अवस्थामा जस्तै चाडपर्वमा पनि सुरक्षा व्यवस्था तथा बजार व्यवस्थापन सहज हुनुपर्ने, नागरिकले महंगी, म्याद गुज्रेका खानेकुरा खाने अवस्था आउन नदिन निर्देशन दिएका छन् । साथै मन्त्री खाणले परिवर्तनको परिणम देखिनेगरी काम गर्न र जनतालाई मुस्कुराएर सेवा दिन समेत निर्देशन दिए ।
यस्तै गृहसचिव टेकनारायण पाण्डेले चाडपर्वका बेलामा हुने बजार मूल्यमा बढोत्तरी, म्याद गुज्रेका खाद्य सामाग्री र कालो बजारीलाई रोक्न विषेश ध्यान दिन निर्देशन दिए ।
तपाइँको प्रतिक्रीया