२०८२ जेठ २७ सोमबार

राशिफल

आज असोज १४ गते बिहीबार, तपाईको दिन कस्तो हुन्छ ? हेर्नुहोस् आजको राशिफल

मेष
आज अतिथिका रूपमा सम्मान पाइनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । ठूला व्यक्तिले तपाईँका मेहनतको प्रशंसा गर्नेछन् ।

मिथुन
रमणीय र सुखद् यात्राको योग छ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । दैनिक कार्यहरूमा प्रगति हुनेछ ।

सिंह
मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ । लगानी गर्ने समय पनि छ ।

तुला
मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । रमणीय र टाढाको यात्रा फलदायी हुँदैन । आकस्मिक धन लाभ हुनेछ ।

धनु
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । स्वादिष्ट भोजन पाइनेछ । धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन पनि लाग्नेछ ।

कुम्भ
आज तीर्थाटनको योग छ । नयाँ कार्यको थालनी हुनेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । आत्मिक सन्तुष्टि अनि मिल्नेछ ।

बृष
आज शुभ समाचार सुन्न पाइनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । पराक्रम बढ्नुका साथै कार्यमा प्रगति हुने देखिन्छ ।

कर्कट
आज प्रतिकूल समयले घेरेको छ, संयम रहनु होला । बोलीको विपरीत अर्थ लाग्न सक्नेछ । नियमित खर्चसमेत बढ्ने योग रहेको छ ।

कन्या
आज परिवारजनको साथले नयाँ आशा पलाउनेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ ।

बृश्चिक
आज शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । झुटा आरोप आइपर्दा समस्या खेप्नुपर्नेछ, तर आफन्तको सहयोग र धन हात पार्न पनि सक्छ ।

मकर
लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । । वैदेशिक व्यापार र नोकरी गर्नेका लागि सन्तोषजनक रहनेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

मीन
आज लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । पारिवारिक सहयोग मिल्नेछ । कुनै कुराले अनुहारमा कान्ति पनि छाउनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।
– ज्यो.प. नारायणप्रसाद दुलाल