काठमाडौँ – प्रतिनिधिसभाको बैठक असोज १९ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ ।
आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सुरु गर्नासाथ पार्टीले सांसदलाई गरेको कारबाही कार्यान्वयन नगरेको भन्दै एमाले सांसदले सभामुखको भूमिकामा प्रश्न उठाउँदै नाराबाजी थालेका थिए ।
एमाले सांसदहरूले बेल घेराउ गर्दै नाराबाजी गरिरहेकै बखत सभामुख सापकोटाले सदनको काम–कारबाही अघि बढाए । नाराबाजीकै बीच सभामुखले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गरेको तथा आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक प्रमाणित गरेको सूचना पढेर सुनाएका थिए ।
यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले महालेखापरीक्षकको प्रतिवेदन पेस गरेका थिए ।
तपाइँको प्रतिक्रीया